एजेन्सी । हस्तरेखा ज्योतिषका अनुसार हत्केलाको रेखा बन्ने बिग्रने भइरहन्छ। कहिले काही हत्केलामा कालो तिल पनि बन्ने गर्दछ। हत्केलाको अलग अलग भागमा बन्ने कालो तिलले पनि भविष्यवाणी गर्ने गर्दछ। आज हामी तपाईलाई हत्केलामा कालो तिल हुँदा पाइने फलका बारेमा जानकारी दिदैछौँ।
१) हत्केलाको शुक्र पर्वतमा कालो तिल छ भने त्यस्ता व्यक्तिको विचारको पवित्रता खतम हुन सक्दछ।
२) जुन व्यक्तिको हत्केलामा चन्द्र पर्वतमा तिल बनेको छ भने, त्यस्ता व्यक्त पानीसँग सावधान हुनु पर्दछ। यस्ता व्यक्तिको विवाहमा पनि समय लाग्ने गर्दछ।
३) यदी गुरु पर्वतमा कालो तिल छ भने विवाहमा समस्या आउने गर्दछ। कुनै पनि काममा उचित सफलता प्राप्त गर्न सकिदैन।
४) शनि पर्वतमा कालो तिल छ भने विवाहमा विलम्ब हुुने गर्दछ। यस्ता व्यक्तिको वैवाहिक जीवन सन्तोषजनक हुँदैन्।
५) सूर्य पर्वतमा तिल हुने व्यक्तिलाई मान सम्मानका लागि राम्रो हुँदैन्। सूर्य पर्वतमा तिल हुने व्यक्तिले समाजमा अपमान सहनु पर्दछ।
६) यदी कुनै व्यक्तिको हत्केलामा बुध पर्वतमा तिलको निशान छ भने, त्यस्ता व्यक्तिको जीवनमा अचानक कुनै नोक्सान आउने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
