काठमाडौं । ज्योतिषमा नौ ग्रह बताइएका छन्। सबै ग्रहको फरक फरक धातु हुन्छ। ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा हो।
हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ। यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् । तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन् ।
तामाको औंठी सूर्यको औंला अर्थात् अनामिकामा लगाउनुपर्छ । कुण्डलीमा सूर्य दोषको असर कम हुन्छ।
सूर्यका साथै मंगलको अशुभ असरलाई पनि तामाको औंठीले कम गर्छ ।
तामाको औंठीले सूर्यको बल बढाउँछ । सूर्यदेवको कृपाले घरपरिवार र समाजमा मानसम्मान पाइन्छ।
तामाको औंठी लगाउँदा त्यसको औषधीय गुण पनि शरीरले प्राप्त गर्छ । रगत सफा हुन्छ।
तामाको भाँडोमा राखिएको पानी पिउँदा स्वास्थ्यलाभ हुन्छ। औंठी लगाउँदा फाइदा हुने नै भयो।
तामाको औंठीको असरले पेटसम्बन्धी रोगबाट छुटकारा पाइन्छ।
तामा औंलामा लगाउँदा छाला पनि चमकिलो हुन्छ।
आयुर्वेदका अनुसार, तामाको भाँडोले रोगप्रतिरोधक क्षमता बढाउँछ। यही लाभ तामाको औंठी लगाउँदा पनि हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
