काठमाडौँ । हरेक घरमा सुख समृद्धि ल्याउनको लागि देवीदेवताको पुजा गर्ने परम्परा वर्षौदेखि चल्दै आएको छ । पुरानत चलनलाई आत्माविश्वास गर्नेहरुले अझैपनि परम्पराअनुसार पुजाआज गर्ने गर्छन् । हरेक दिन पूजा आज गर्नाले मनोकामना पुरा हुन्छ भन्ने विश्वासको साथ गरिने पुजाको लागि केही खास नियमहरु पालना गर्नुपर्ने हुन्छ।
यसरी भगवानबाट केही अपेक्षा राख्नको लागि देवीदेवताको इच्छा पनि पुरा गर्नुपर्ने हुन्छ । पुजा गर्दा नियमपूर्वक गरेमा आफ्नो घरमा दरिद्रता रोग हटेर शान्ति आउँछ । आज हामी तपाईहरुलाई हरेक दिन घरमा देविदेवताको पुजा गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा बताउन गइहरका छौँ ।
१.हरेक दिन घरमा पुजापाठ गर्ने बेलामा दुईवटा दियो बाल्नुपर्छ । दियो बाल्दा एउटा दियो घ्यूमा बाल्ने अर्को दियो तेलमा बाल्ने गर्नुपर्छ ।
२.पुजा गरेपछि अन्त्यमा आरती गर्न बिर्सनुहुँदैन् । आरती गरेपछि पुजा गरेको ठाउँ तीन पटक परिक्रमा गर्नुपर्छ।
३.पुजा गर्दा दियोबाट धूप बाल्नु हुँदैन् । यसो गर्दा घरमा दरिद्रता आउँछ ।
४.पुजा गर्ने बेला दियोसँग जोतेर दियो बाल्नु हुँदैन् । यस्तो गर्दा घरमा रोग भित्रन्छ । पुजा गर्दा बालेको दियो बाल्न प्रयोग गरेको सलाई निभाउनु हुँदैन् । यसरी काँटी निबाउँदा घरबाट लक्ष्मी बभाग्छिन् ।
५.र्धहास्त्रअनुसार पुजा गर्दा बाँसबाट बनेको धूपा बाल्न हुँदैन् । पूजा गर्दा धूप बाल्नु सुगन्धको लागि मात्र होइन् । त्यसकारण घरमा राम्रो धूप ल्याएन भने गरिबी आउँछ ।
यसरी दैनिक घरमा पुजापाठ गर्दा घरमा धनदौलतको कमी हुँदैन् । नास्तिकलाई त पूजाआजाको मतलब हुँदैन् । तर यसो गर्दा घरमा गरीबीको समस्या आउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
