काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित २ जनालाई पक्राउ गरेको छ । विहान ८ बजे बजे एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski र Aakuv Stecki लाई पक्राउ गरेको हो।
Maksy Milikn Weglowski को साथबाट १३ हजार ६ सय डलर , ५ हजार २ सय युरो र ५८ हजार नेपाली रूपैयाँ र Aakuv Stecki को साथबाट ६ हजार १ सय डलर र ५ हजार युरोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको विमानस्थलका एसपी कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
