साँझपख भुलेर पनि नगर्नुहोस् यी काम, जसको कारण धन नाश हुनेछ

धार्मिक मान्यताअनुसार साँझपखको समयमा घरमा भएका ठूलो मान्छेहरुले केही कामहरु गर्न दिँदैनन्। यस्तै साँझको समय अर्थात सूर्यास्तको समयमा केही काम नगर्न मनाही गरिएको छ। मनु संहिताको अनुसार सन्ध्याकालमा गर्न हुँदैन् भनेको कामहरु गरेमा धन नाश हुने त्यस्ता व्यक्ति कालान्तरमा अल्पआयू हुने जस्ता समस्याहरु देखिने बताइएको छ। त्यस्तै मनु संहितामा उल्लेख भएअनुसार कस्तो काम साँझपख गर्नु हुँदैन् त।

१.साँझपख भोजन गर्नुहुँदैन् : मनु संहितामा उल्लेख भएअनुसार,

Advertisement

चत्वारि खलु कार्य्याणि सन्ध्याकाले विवर्जयेत् ।

आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम् ।।

माथि उल्लेखित श्लोककाे तात्पर्य सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्न नहुँने भनिएको छ । किनभने साँझपख गरिएको भोजनले स्वास्थ्यमा नकारात्मक असर पैदा हुनेछ । त्यस्तै सन्ध्यकालमा अन्य तीन काम पनि गर्न नहुने बताएको छ।

१.सहवास गर्नु : मनु संहितामा उल्लेख भएको श्लोकले साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग शारिरिक सम्पर्क गर्न नहुने बताएको छ।

२.साँझपख सुत्नु : सध्याकानीन समयमा सुत्नाले गरिब मात्र नभएर रोगी र अल्पायु हुने कुरा मनु संहितामा बताइएको छ।

३.अध्ययन गर्नु : मनु संहितामा उल्लेख गरिएको यो श्लोकले साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता रहेको छ।

More News last news
Loading...