काठमाडौ । ज्योतिशी शास्त्रका अनुसार पुरुषहरुमा हुने विभिन्न लक्षणहरुका कारण विवाह गरेको महिला ( श्रीमती )र आफु कतिको भाग्यमानी र धनी हुने भन्ने थाहा हुने बताउछन् । किनभने मानिसहरु देखिने हरेक लक्षणहरुको आफ्नो आफ्नै अर्थ हुन्छ । यदि तपाईहरुमा पनि यी ६ लक्षण छ भने सम्झनुस, भविष्यमा तपाई बन्नुहुनेछ सुखी र धनी । हेरौ के के हुन् ?
-पहिलो लक्षण भनेको जुन पुरुष आफ्नो ब्यक्तिगत र पारिवारिक कुराहरु नखोली साथीभाई र परिवारमा मिलेर बस्छ । यो मान्छे साच्चै नै भविष्यमा निकै राम्रो मान्छे बन्छ।
-दोस्रोमा जुन पुरुष सबै साना ,ठुला ,गरिब ,धनीको माया र आदर गरी नराम्रो भावनाले हेर्दैन भने सम्झनुस उक्त मान्छे पनि धेरै धनी र ठुलो मान्छे बन्नेछ।
– तेस्रोमा जुन पुरुष मान्छेहरुको भीडमा आफ्नो कुरा सुनाउन भन्दा पनि अरुको कुरा धेरै सुन्न इच्छा गर्छ भने त्यस्ता पुरुषहरु निकै वुद्धिवान, धनी बन्छन्।
-चौथोमा जुन पुरुष आफ्नो प्रशंसा गर्न आफै मन पराउदैनन् भने त्यो पुरुष पनि साह्रै भाग्यमानी हुन्छन्।
-पाचौमा जुन पुरुष विहान सबेरै उडेर विभिन्न किसिमका ब्ययाम गर्ने , अध्ययन गर्ने गर्दछन् भने उनीहरु पनि धनवान र भाग्यमानी हुन्छन्।
-र छैटौमा जो धर्म कर्मका साथै आफ्नो जीवनसँग खुशी र संतुष्ट हुन्छ तिनीहरु सार्है भाग्यमानी हुन्छन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
