कैलालीको भासु भीरमा मानव कंकाल फेलाः सँगै भेटियो मेमोरी कार्डमा फोटोहरू

धनगढी । कैलालीको भासु भीरमा मानव कंकाल फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भासु भीरमा बिहीबार शव फेला परेको हो। स्थानीय बासिन्दाले भासु भीरमा शव रहेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो।

सडक भन्दा ५ सय मिटर तल भीरमा रहेको उक्त मानव कंकाल शुक्रबार सशस्त्र प्रहरीको सहायताले निकालिएको हो। भीमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने भासुस्थित हाइवे सडकबाट झण्डै ५ सय मिटर तल भीरमा मानव कंकाल भेटिएको कैलालीका प्रहरी नावय उपरीक्षक दक्षकुरमार बस्नेतले बताए।

Advertisement

‘उक्त मानव कंकाल महिनौँ पुरानो भएकाले पहिचान गर्न गाह्रो भएको छ’, बस्नेतले भने, ‘कंकाल सँगै भेटिएको पाइन्टमा मोबाइल भित्र रहेको मेमोरीमा फोटा भेटिएकाले पहिचान हुने अपेक्षा छ।‘ प्रहरीले कंकाल कस्को हो पत्ता लगाउन भनेर मेमोरी कार्डमा रहेका फोटो पनि सार्वजनिक गरेको छ।

बेपत्ताको उजुरीका आधारमा शव पहिचानमा जुटेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए। कंकाल परीक्षणका लागि धनगढी स्थित सेती अञ्चल अस्पतालमा राखिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।

More News last news
Loading...