काठमाडौँ । आज बिहान आईसर टिपरले गैरीगाउँका अमृत तामाङलाई ठक्कर दिई उपचारको क्रममा मृत्यु भएको छ ।
तारकेश्वर–८, गैरीगाउँका स्थानीय अमृत तामाङका परिवारले क्षतीपूती तथा राहत पाउँनु, सवारी चालकलाई कारवाही गर्नुपर्छ भन्ने माग सहित तारकेश्वरका गैरीगाउँ बासीले नेपालटारमा टायर बाली आक्रोश पोखेका छन् ।
बा २ प १८२० नम्बरको आईसर ट्रकले आज बिहान ६ बजे अमृतलाई ठक्कर दिएको र उपचारको क्रममा उनको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
