मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो तीन सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले पक्राउ गरेको हो।

चीनको कुनिमङबाट एयर चाइना स्र्टन एयरलाइन्सबाट नेपाल आएका उनीहरुलाई मलद्वारमा सुन राखेको अवस्थामा पक्राउ गरिएको विमानस्थलमा एसपी कृष्ण कोइरालाले जानकारी दिए।

Advertisement

शंका लागि उनीहरुलाई नियन्त्रणमा लिई एक्सरे गरेर हेर्दा मलद्वारमा सुन भेटिएको उनले बताए । पछि उनीहरुलाई दिसा गर्न लगाएर सुन निकालिएको हो।

चेकजाँचका क्रममा केही असजिलो मानेपछि उनीहरूलाई प्रहरी र भन्सारका अधिकारीहरूले केएमसी अस्पताल लगेको थियो।

 

 

 

 

 

More News last news
Loading...