जग्गा खरिदमा मुछिएका विष्णु पौडेललाई जोगाउन ओली–प्रचण्ड गुप्तवासमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिवेला गोप्य भेटवार्तामा जुटेका छन्।

आफ्नै पार्टीका महासचिव विष्णु पौडेल सरकारी जग्गा खरिद प्रकरणमा मुछिएपछि अध्यक्षद्धय पौडेललाई कसरी यो काण्डबाट जोगाउन सकिन्छ भनेर आन्तरिक छलफलमा जुटेका हुन्।

Advertisement

तर, उता पार्टीका महासचिव विष्णु पौडेलले मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको जग्गा हिनामिना गर्न आफ्नो संलग्नता नरहेका दाबी गरिसकेका छन। हिजोमात्रै उनले एक विज्ञप्ती जारी गरेर यस्तो स्पष्टीकरण दिएका हुन्।

जग्गा हिनामिनाबारे बुधबारको नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि पौडेलले विज्ञप्ति जारी गर्दै बालुवाटारस्थित सरकारी सम्पत्ति हिनामिना गर्न आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए। उनले आफूले कानून बमोजिम नै जग्गा खरिद गरेको दाबी समेत गरेका छन्।

२०६१ पुस २९ गते प्रचलित कानूनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरीदबिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी राजश्व लिई रजिष्ट्रेशन पास गरिदिएको उनको दाबी छ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेकपा महासचिव पौडेल पनि संलग्न भएको भन्दै नागरिक दैनिकमा आज समाचार प्रकाशित भएको थियो। समाचारमा महासचिव पौडेलले भूमाफियामार्फत ललितनिवास परिसरमा ८ आना जग्गा खरिद गरेको उल्लेख छ।

रिपोर्टर्स नेपालबाट

More News last news
Loading...