काठमाडौँ । हिन्दु धर्ममा विश्वास गर्नेहरुले घरमा भएको वास्तुदोष हटाउन अनेकौँ उपायहरु अपनाउने गर्छन् । वास्तुशास्त्र अनुसार घर वरपर लगाइएका नकारात्मक उर्जा आउने रुख विरुवा रोप्नु नहुने शास्त्रमा बताइएको छ।
घरवरपर लगाइने बोटविरुवा पनि सहि तरिकाले लगाउन सक्यो भने घरवरपरको वातावरणकै कारण घरमा सख शान्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। यस्तै गलत दिशामा बोटविरुवा लगाइएको छ भने त्यसको परिणाम पनि त्यहि अनुसार प्राप्त हुनेगर्छ । त्यस्तै आज हामी तपाईहरुलाई वास्तुशास्त्रमा उल्लेख भएअनुसार घरको कुन दिशामा कस्ता बोटविरुवा लगाउने भन्ने बारे बताउन गइरहेका छौँ :
१.वास्तुशास्त्रमा उल्लेख भएअनुसार घरमा मनिप्लाटको विरुवा रोप्दा उत्तर पूर्वी दिशामा राख्न नहुने बताइएको छ । जसले गर्दा जसको कारण घर परिवारमा सम्पन्नता टाढा भाग्ने र घर परिवारमा सधै कल झगडा भईरहने हुन्छ ।
२.घरमा रोपिएको मनिप्लान्टलाई साहारा दिएर माथि माथि लग्दा राम्रो हुन्छ । यदि मनिप्लान्टको लहरा जमिनमा फैलियो भने उल्टै सम्पतिको नोक्सान हुन्छ।
३.मनी प्लान्ट लगाउने समय त्यसको पात नसुकोस भनेर समय समयमा पानी लगाइराख्नुपर्छ।
४.मनि प्लान्टको विरुवा घरको बाहिर भन्दा भित्र लगाउनु शुभ हुन्छ । घरको भित्र मनिप्लान्टको विरुवा लगाउँदा काँच वा बोतलमा लगाउनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
