कास्की रुपा गाउँपालिकामा चट्याङ परेर ३ जना घाईते

पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिका काप्ले डाँडामा मंगलबार चट्याङ लागेर तीनजना घाइते भएका छन्।

स्थानीय ४२ वर्षीय पार्वती कुमाल र उनका दुई छोरी ११ वर्षकी समीना र १८ वर्षकी चन्द्र कुमाल चट्याङ लागेर घाइते भएको रुपा गाउँपालिकका अध्यक्ष नवराज ओझाले जानकारी दिए।

Advertisement

घाइतेमध्ये समीना कुमालको पोखराको चरक अस्पतालको आइसियुमा उपचार भइरहेको र दुई आमा छोरी भने उपचारपछि घर फर्केको उनले बताए। चट्याङलागेर अन्य ४ जनालाई पनि समान्य घाइते भएको अध्यक्ष ओझाले जानकारी दिए।

More News last news
Loading...