आर्थिक राशिफल : धन, व्यवसाय र नोकरीको मामिलामा मंगलबारको दिन कस्तो

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईका दुश्मनले तपाईलाई केही समस्या थपिदिन सक्छन्। तर पनि सचेत रहेर आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउन सकिनेछ। पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । तपाईले अप्रत्याशित आर्थिक स्थितीको सामना पनि गर्नु पर्ने हुनसक्छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तपाईमध्ये केही नोकरी पेसामा आवद्ध व्यक्तिले जटिल परिस्थितीको सामना गर्नु पर्ने हुन सक्छ। आज तपाईका लागि दिन केही तनावपूर्ण रहनेछ। कसैसँग सम्भौता गर्ने वा नयाँ काम सुरु गर्नका लागि आजको दिन राम्रो छैन्।

Advertisement

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आज तपाईका लागि भौतिक लाभ लिन सकिने योग रहेको छ। व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) झगडा र विवादबाट आज तपाई टाढै रहनुहोला । आर्थिक सन्दर्भमा आज तपाईको दिन सामान्य रहेको छ। ठूलो अपेक्षा गर्दा फस्नुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक सन्दर्भमा आजको दिन तपाईले कयौँ समस्याको सामना गर्नु पर्नेछ। व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै उचित हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने योग रहेकोछ । साझपख समय राम्रो रहेकोले स्रोत साधनको प्रयोग तथा परिचालन मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आज एक उत्कृष्ट वित्तिय समृद्धिका साथ साथ आफ्नो व्यवसायिक क्षेत्रमा पनि राम्रो प्रगति गर्ने योग रहेको छ। आज तपाईका साथ तपाईको नाम र प्रसिद्धि दुबै तपाईसँगै रहनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडि बढ्न सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुदै जानेछन

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना समस्या तथा बिवादित बिषयहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ । रुपैया पैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानि गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुनालेमन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हनेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्ने आम्दानि गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रचनात्मक लेखनका माध्यमबाट तपाई केही आर्थिक लाभ आर्जन गर्न सक्नुहुनेछ। केही व्यक्तिलाई भने उनका शत्रुले केही समस्यामा पार्न सक्नेछन्। सचेत रहनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानि गर्न आट आउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आजको दिन मिश्रित परिणामदायिक रहेको छ। यी राशीका व्यक्तिमध्ये केहीले आज नयाँ व्यापाकि सम्बन्ध स्थापित गर्न सक्नेछन्। केही नयाँ सम्झौतालाई आज नयाँ रुप दिन सकिनेछ । विदेशी मित्रका साथ कयौँ यात्रा तपाईका लागि फलदायि हुनेछ।

More News last news
Loading...