आज मिति २०७५ साल चैत २५ गते तृतिया तिथि सोमबार । आज यी ती राशि भएका व्यक्तिले गरेका काम सफल हुनेछन् भने व्यापार व्यवसायबाट प्रसस्त आम्दानी गर्न सकिनेछ। हेर्नुहोस् ती तीन राशिको भाग्य :
मिथुनः– कार्य क्षेत्र छोडेर बाहिर नजानु होला भोली त्यो दिन आउने छैन। समयमा कार्य सम्पादन गर्नु होला । ढिला गर्दा अवसर अरुले छोप्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ। आम्दानीलाई वचतमा परिणत गर्न भने गाह्रो हुनेछ । अरुको कुराको धेरै विश्वास नगर्नु होला । ऋण लगानी नगर्नु होला। साझपख खर्च बढ्नेछ ।
कर्कटः– समयले साथ दिनेछ । कार्य तालिका बनाएर कार्य क्षेत्रमा जानु होला सफलताका सिढि चढ्न गाह्रो हुने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिने छन् । साझेदारीमा काम नगर्नु होला । द्वन्दबाट टाढा बस्नु होला । साँझपख आफन्तहरु सँग भेटघाट हुनेछ ।
कुम्भः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । लगानी अनुसार व्यापार व्यवसायबाट लाभ हुनेछ । ढिला सुस्ति र हेलचक्र्याईले आफैलाई घाटा हुनेछ । लगनशिलता बढाउनु होला । अरुको धेरै विश्वास र भरोसा नगर्नु होला । बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । साँझपख घरयासी खर्च बढ्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
