देउवा-पौडेलबीच कार्यसम्पादन समितिमा सहमति, ६० र ४० को भागबण्डा

काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यसम्पादन समिति गठनबारेको भागबण्डामा सहमति जुटेको छ।

कांग्रेसनिकट उच्च स्रोतले दिएको जानकारी अनुसार देउवा र पौडेलबीच ६० र ४० को भागबण्डामा सहमति जुटेको हो। सभापति शेरबहादुर देउवा निवासमा गत शुक्रबार बसेको बैठकमा यस्तो सहमति भएको स्रोतको दाबी छ।

Advertisement

कार्यसम्पादन समितिमा पदाधिकारीसहित २९ जना नेता अटाउँछन्। क–कसलाई कार्यसम्पादन समितिमा लैजाने भन्नेबारे भने निर्णय हुन बाँकी छ। पौडेलले भने सिटौलालाई समेट्नु पर्ने छ।

More News last news
Loading...