काठमाडौं । काठमाडौं-१३, कालिमाटीको तरकारी बजारमा एक जना भरियाको मृत्यु भएको छ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई गस्तीमा रहेको प्रहरी टोलीले ३ बजे टंकेश्वर पुलको पेटीमा छट्पटाइरहेको अवस्थामा भेटेको थियो।
तत्कालै उनलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको बोगटीले बताए। अन्दाजी ४२ वर्षीय ती पुरुषको सनाखत हुन सकेको छैन। उनका अनुसार उनी भेटिनु एक घन्टाअघि गस्ती टोलीले नै अर्का भरिया पनि छट्पटाइरहेको अवस्थामा फेला पारेको थियो। उनको पनि वीर हस्पिटलमै उपचार भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरु दुई जनाबीच झगडा हुँदा घटना भएको देखाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
