भरतपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस अब समृद्धिको मुद्दा लिएर जनतामाझ जानु पर्ने धारणा राखेका छन्।
चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै नेता पौडेलले समय र जनताको आवश्यकता अनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताएका हुन्।
निर्वाचनका बेला टिकट दिँदा ध्यान पुर्याउन नसक्दा निर्वाचनको गणितमा काङ्ग्रेस पराजित भएको बताउँदै पौडेलले काङ्ग्रेसले सरकारमा हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी वर्तमान सरकारले गलत प्रचार गरेको समेत आरोप लगाए।
कम्युनिष्ट सरकारले काङ्ग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि सफल नहुने उनको जिकिर छ।
नेपाली काङ्ग्रेस खैरहनी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ ले रक्तदान गरेका छन्।
रक्तदानसँगै २०७६ को भित्तेपात्रो लोकार्पणसमेत गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
