रातमा जन्मने व्यक्ति हुन्छन् जोखिन लिने, दिनमा जन्मने भावुक, सयम अनुसार जान्नुहोस् भाग्य

एजेन्सी । ज्योतिष शास्त्रका अनुसार जन्म समयका आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावका बारेमा थाहा पाउन सकिन्छ। रातमा जन्मने व्यक्ति दिनमा जन्मने भन्दा निकै फरक हुने गर्दछन्। ज्योतिषाचार्य मनिष शर्माका अनुसार रातमा जन्म लिने व्यक्ति जोखिम लिने गर्छन भने दिनमा जन्मने व्यक्ति कामप्रति इमान्दार हुने गर्दछन्। ज्योतिष शास्त्रका अनुसार थाहा पाउनुहोस् दिनमा र रातमा जन्मने व्यक्तिको स्वभाव

दिनमा जन्मने व्यक्तिको स्वभाव

Advertisement

जुन व्यक्तिको जन्म दिनमा हुने गर्दछ, ती व्यक्ति रातमा जन्म लिने व्यक्तिको अपेक्षामा कम साहसी हुने गर्दछ। यी व्यक्ति जोखिम भरिएको कामबाट बच्ने गर्दछन्।

स्वास्थ्यको मामिलामा दिनमा जन्मने व्यक्ति भाग्यमानी हुने गर्दछन्। यिनीहरुको स्वभाव राम्रो हुने गर्दछ।

रातमा जन्मदिने व्यक्ति थोरै अल्छी हुने गर्दछन् भने दिनमा जन्म लिने व्यक्तिले काममा अल्छी गर्दैनन्। यस्ता व्यक्तिले हरेक काम इमान्दारीसँग पुरा गर्ने गर्दछन्।

दिनमा जन्मने व्यक्ति भावुक हुने गर्दछन्, दोस्रोको दुख देख्न सक्दैनन् र सहयोगका लागि सधै तयार रहने गर्दछन्।

यी व्यक्तिले भगवानप्रति पुरा भरोसा गर्ने गर्दछन्। यिनीहरुको स्वभाव धर्मसँग प्रभावित हुने गर्दछन्।

जुन व्यक्तिको जन्म दिनमा हुने गर्दछ, उनीहरु शान्तिसँग काम गर्न मन पराउने गर्दछन्।

रातमा जन्मने व्यक्तिको तुलनामा दिनमा जन्मने व्यक्तिको रिस कम हुने गर्दछ।

घर परिवार तथा समाजमा यिनीहरुलाई मान सम्मान प्राप्त हुने गर्दछ।

दिनम जन्मने व्यक्ति जीवन साथीप्रति इमान्दार हुने गर्दछन् र सबै सुखको ध्यान राख्ने गर्दछन्।

रातमा जन्मने व्यक्तिको स्वभाव
रातमा जन्मने व्यक्तिको कुण्डलीमा वृहस्पती र राहु मजबुत हुने गर्दछ। जसकारण यिनीहरुलाई पैसाको कमी कहिलै हुँदैन्।

रातमा जन्मने व्यक्तिको स्वभाव आलोचक हुने गर्दछ। त्यसैले यिनीहरु कसैको आलोचना गर्न पछाडि हट्दैनन्।

यिनीहरुको स्वभाव दिनमा जन्मने व्यक्तिको तुलनामा बढी आत्मियता हुने गर्दछ। त्यसैले साथी बनाउनमा यिनीहरु निकै माहिर हुने गर्दछन्।

यी व्यक्ति दिनमा जन्मने भन्दा बढी आत्मविश्वासी हुने गर्दछन्। त्यस कारण सार्वजनिक स्थानमा आफ्नो कुरा खुलेर गर्न सक्दछन्।

रातमा जन्मने व्यक्ति बढी कल्पनाशील र रचनात्मक हुने गर्दछन्।

रातमा जन्मने व्यक्ति साहसी हुने गर्दछन् र परेको खण्डमा ज्योखिन लिन समेत पछि पर्दैनन्।

यी व्यक्तिले समस्यालाई चाँडै महशुस गरेर त्यसलाई तुरुन्त सुल्झाउने गर्दछन्।

More News last news
Loading...