इटहरी, २३ चैत्र । एउटै परिवारका ६ जना दिदि बहिनी नेपाल प्रहरीमा जागिरे भएको खबरले अहिले तहल्का पिटेको छ।
कतिपयलाई पत्यार नलाग्न सक्छ तर वास्तविकता यहिँ हो कि तलाखु ९ नुवाकोटका एकै परिवारका ६ जना दिदिबहिनी नेपाल प्रहरीका जागिरे हुन्।
इलाका प्रहरी कार्यलय इटहरीमा गंगा अधिकारी गौली (असइ) छिन् । जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्तोला (हवल्दार) छन् । भने दुर्गा अधिकारी ढकाल र विष्णुदेवी अधिकारी (जवान) हुन्।
हाल जमुना र विष्णु प्रहरीबाट अवकास लिएको अधिकारी परीवारले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
