सुनसरीमा आगलागीबाट ९ घर जलेर नष्ट

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-४ जुद्धगञ्जमा आज आगलागी हुँदा नौ घर जलेको छ। विद्युत् सर्ट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

आगलागीमा नौ परिवारको फुसको घर जलेर खरानी भएको कोशी गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले जानकारी दिए।

Advertisement

आगलागी परेर स्थानीय रहमान मियाँ, लतिफ मियाँ, सलिम मियाँ, फिरोज मियाँ, मलिम मियाँ, कलाम मियाँ, कैयुम मियाँ र ऐजुव मियाँलगायतका घर पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए।

More News last news
Loading...