सुनसरी । सुनसरीको भोक्राहास्थित नरसिंह गाउँमा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ। झडपमा गोली प्रहार हुँदा दुई जना घाइते भएको डिएपी ज्ञानेन्द्र फुयालले जानकारी दिएका छन्।
झडपमा घाइते हुनेहरुमा सई चन्द्रबहादुर शाक्य र स्थानीय जियाबुल मन्सुरी रहेका छन्। अहिले उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएपी फुयालले बताए।
भारतबाट मोटरसाइकलमा सामान ल्याउँदै गर्दा सादा पोसाकमा खटिएको प्रहरीसँग विवाद हुँदा झडप भएको डिएपी फुयालले जनकारी दिए। उनले भने, ‘सादा पोसाकमा गस्ति गरिरहेको प्रहरीमाथि अभद्र व्यवहार गर्दा झडप भएको रहेछ।’
प्रहरीले स्थानीय बासिन्दाले भारतबाट सामान ल्याउँदै गर्दा सोधपुछको क्रममा झडप भएको बताएको छ। घाइते प्रहरी शाक्यले विवाद हुँदा पेस्तोल भुईमा खसेको बेला स्थानीयले टिपेर आक्रमण गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
