काठमाडौँ । हावाहुरीका कारण घाइते भएर बारा र पर्साका विभिन्न अस्पतालमा बिरामीको चाप बढेको र त्यहाँ चिकित्सकको अभाव भएको सामाचार आएपछि त्यहाँ केन्द्रबाट चिकित्सकहरू पठाइएको गृहमन्त्रालयले जनाएको छ।
वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, न्याश्नल मेडिकल कलेजलगायतका अस्पतालहरूमा घाइतेहरूको सङ्ख्या धेरै हुँदा उपचार गर्ने चिकित्सकको अभाव भएको गुनासो प्रदेश नं २ का मन्त्रीहरूले गरेका थिए।
त्यस्तो जानकारी आएलगत्तै स्वास्थ्यमन्त्रालयसँग समन्वय गरेर चिकित्सकहरू पठाइएको गृहप्रवक्ता सुवेदीले बताए।
हामीले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर उपचारका लागि चिकित्सकहरूको व्यवस्था मिलाएका छौँ, सुवेदीले भने, त्यसबाहेक सेना र विभिन्न निजी अस्पतालले पनि आफ्ना चिकित्सकहरू पठाएकाले चिकित्सक अभावको समस्या अब छैन।
राति घाइतेको उपचारका लागि रगत अभाव भएको भनिए पनि अहिले त्यो पनि समस्या नरहेको उनले बताए। गम्भीर घाइते भएका सात जनालाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको उनले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
