काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले तराईका जिल्लामा हावाहुरीबाट प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव गरेका छन् ।
नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स मार्फत यस्तो प्रस्ताव गर्ने जानकारी दिएका हुन । उनको स्टाट्स मार्फत जानकारी दिदैं भनेका छन्,‘आज पार्टीका संसदीय दलका उपनेता माननीय सुवास नेम्बाङलाई भेटी पीडित दीदिबहिनी तथा दाजुभाईहरुको राहात तथा पुनर्स्थापनाका लागि नेकपाको संघीय सांसदको संसदीय दलका सबै माननीय सदस्यहरुको एक दिनको पारिश्रमिक रकम सहयोग पठाउन प्रस्ताव गरेको छु । ’
जवाफमा नेम्वाङले उक्त प्रस्ताबको समर्थन गर्दै दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाहा गरी निर्णय गर्ने बताएका थिए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
