बारा पर्सा विपतः नेता कार्यकर्तालाई उद्धार र राहतमा जुट्न काँग्रेसको आह्वान

काठमाडौँ । आइतबार राति बारा र पर्सा लगायत तराईका केही स्थानमा विनाशकारी आँधिहुरीबाट भएको ठूलो जनधनको क्षति प्रति नेपाली कांग्रेस संसदीय दलले दुःख व्यक्त गरेको छ।

आज जारी गरेको विज्ञप्ति मार्फत काँग्रेस संसदीय दलले वारा, पर्सा लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, राहत कार्यमा तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।

Advertisement

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना, ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजन प्रति गहिरो समवेदना प्रकट गरेका छन्।

साथै कांग्रेस संसदीय दलले विपतको यस घडीमा नेपाली कांग्रेससँग सम्बद्ध सबै भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न समेत आग्रह गरेको छ।

यस्तो छ विज्ञप्ति

More News last news
Loading...