काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान तथा अवतरण प्रभावित भएका छन्।
बेलुकी सवा ६ देखि ६ बजेर ४० मिनेटसम्म विमानस्थल बन्द हुँदा कैयौं आन्तरिक र बाह्य उडान बन्द भएका छन्।
हावाहुरीका कारण काठमाडौँमा अवतरण हुन नसक्दा ३ वटा जहाज डाइभर्ट भएका छन् । विमानस्थलका अनुसार चीनको ग्वानझाउबाट आएको चाइना साउदर्नको जहाज लखनउ डाइभर्ट भएको छ।
यस्तै फ्लाइ दुबई पनि लखनउ डाइभर्ट भएको छ भने दोहाबाट काठमाडौँ आइरहेको कतार एअरवेजको जहाज कोलकाता डाइभर्ट भएको छ।
साँझको व्यस्त समयमा विमानस्थल बन्द हुँदा एक दर्जन आन्तरिक उडान तथा अवतरण प्रभावित भएका छन्। बुद्ध एअरका मात्रै चार वटा जहाज डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ।
डाइभर्ट भएका जहाज मौसममा सुधार भएसँगै त्रिभुवन विमानस्थल आउने पनि कार्यालयले जनाएको छ।
उज्यालो अनलाइनबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
