काठमाडौँ । कानून व्यवसायीहरुको छाता सगठन नेपाल बार एशोसियसनको नयाँ कार्यसमितिका लागि झण्डै ८१ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
१० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ जनाले मत खसालेको निर्वाचन समितिका सदस्य शिव रिजालले जानकारी दिनुभयो । काठमाण्डौबाहिर ३४ ठाउँमा मतदान भएकोले सबै मतपेटिका काठमाण्डौ ल्याएपछि मात्रै गणना शुरु गरिने उहाँले बताउनुभयो।
अहिलेसम्म विराटनगर, धनगढी, नेपालगन्ज, भैरहवा, चितवन बुटवल लगायत ठाउँको मतपेटिका संकलन भइसकेको र भोलिसम्ममा बाँकी सबै मतपेटिका काठमाडौं ल्याई पर्सीदेखि मत गणन सुरु गर्ने तयारी छ।
बारको २५ सदस्यीय कार्यसमितिको लागि देशभरका ३५ मतदान केन्द्रमा मतदान भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
