काठमाडौँ । नेपाल टेलिकम वर्कर्स युनियन काठमाडौं क्षेत्रीय समितिको ९औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अच्युत ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ।

उक्त नयाँ कार्य समितिले सोमबार विशेष कार्यक्रमको आयोजना गर्दै अधिवेशनमा सहयोग गर्ने प्रतिनिधी परिवेक्षेक, शुभचिन्तक, निर्वाचन समिति, व्यवस्थापन तथा टेलिकमकर्मीहरूमा विशेष धन्यवाद समेत दिएको छ।

कार्यक्रममा बोल्दै युनियनका नवनियुक्त अध्यक्ष अचुत कुमार ओझाले आफ्नो नेतृत्वलाई विश्वास गरी विजयी बनाउनु भएको भन्दै सबैलाई धन्यवाद दिँदै आगामी दिनमा सबैको सल्लाहमा टेलिकमका सम्पूर्ण कर्मचारी र युनिएनको सहयोगमा अगाडी बढ्ने बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले नेपाली सोझा जनतालाई राज्य सञ्चालक नेकपाले कुरा गर्ने काम नगरी बारम्बार झुक्काई रहेकोले सजक रहन आग्रह गरेका छन्।

कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद् दिपेन्द्र श्रेष्ठ, नेपाल विधार्थी संघका पुर्व महामन्त्री कुन्दन राज काफ्ले, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी तथा सञ्जय कुमार दाहाल लगायतले आ आफ्नो भनाई राखेका थिए।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
