विप्लवसँग पनि शान्ति सम्झौता गर्न गच्छदारको माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले विप्लव समूहसँग वार्ता गर्न माग गरेका छन्।

प्रतिनिधिसभा बैठका गच्छदारले विगतमा माओवादीसँग शान्ति सम्झौता गरेजस्तै पुनः सम्झौता गर्न माग गरे।

Advertisement

प्रधानमन्त्रीले सार्वजनिक रुपमा भाषणमा चुनौती दिनु ठिक नभएको बताउँदै गच्छदारले विप्लवसँग पनि वार्ता गर्नु पर्ने माग अघि सारेका हुन्। उनले भने, जसरी माओवादीलाई नेताहरूले शान्ति प्रक्रियामा ल्याउनुभयो, त्यसरी नै छलफलबाट शान्तिप्रक्रियामा ल्याएर समस्याको समाधान गर्नुपर्छ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले विप्लवलाई हतियार बोकेर लुरुलुरु आउन भनेका थिए।

More News last news
Loading...