वास्तु शास्त्रले नकारात्मक र सकारात्क उर्जामा विश्वास गर्छ। वास्तु शास्त्रका अनुसार घर देखि अफिस र ब्यवसाय गर्ने ठाउँमा पनि सकारात्मक उर्जा पैदा गर्ने चिज राख्न सके शान्ति, अमन चयन र फाइदा हुने र नकारात्मक उर्जा पैदा भएमा अशान्ति र घाटा हुन्छ।
१ कचौरा नून बाथरुममा राख्नुस् भाग्य चम्किन्छ
वास्तु शास्त्र अनुसार कतिपय चिजलाई नकारात्मक उर्जा पैदा गर्ने र बढाउने मानिन्छ जसले घरमा कलह र धनको नाश गराउने माानिन्छ। यस्ता चिजलाई घरमा नराख्नु नै राम्रो हुन्छ। कतिपय मानिसले जानकारी नहुँदा यस्ता नकारात्मक उर्जा पैदा गर्ने सामग्रीका कारण दुःख पाइरहेका समेत हुन्छन्।
के के राख्नु हुँदैन घरमा ?
१- भगवान शिव माथि चढेको देवी कालीको रुप भएको तस्विर घर राख्नु राम्रो मानिँदैन। शिव भन्दा माथि खुट्टो भएको श्मशान कालीको तस्विरले घरमा नकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ।
२- बन्द भएको घडी तत्काल मर्मत गर्नुस् वा बाहिर लगेर राख्नुस्। बन्द भएको घडी घरमा राख्दा प्रगतिमा बाधा उत्पन्न हुने वास्तु शास्त्रको भनाइ छ।
३- घरमा देवी देवताको टुटे फुटेको मुर्ति नराख्नुस्। यसले घरमा नकारात्मक उर्जा पैदा गर्छ र कलह र अशान्ति निम्त्याउँछ।
४- वास्तु शास्त्र भन्छ शिवलिङ्गको पुजा मन्दिरमा गर्नु लाभदायी हुन्छ तर घरमा शिव लिङ्ग राख्नु राम्रो मानिँदैन। वास्तुको दृष्टिमा शिव लिङ्ग घरमा अनिष्टकारी मानिन्छ।
५- घरमा ऐना, झ्याल वा ढोकाको शिशा फुटेको छ भने तत्काल बदल्नुस्। फुटेको शिशाले नकारात्मक उर्जा पैदा गर्छ र सम्बन्धमा नकारात्मक असर गर्ने माानिन्छ। यसले गर्दा आयमा बाधा पैदा हुन सक्छ।
६- फुटेका भाँडा वा विग्रेका विद्युतीय सामान घरमा नराख्नुस्। यसले नकारात्मक उर्जा पैदा गर्छ । यस्ता विग्रेका वा फुटेका सामानले घरको शुख शान्तिमा वाधा उत्पन्न गर्ने र धन सम्पति कमाउन समेत बाधा गर्ने विश्वास गरिन्छ।
७- भगवान शिवको नाचिरहेको मुर्ति अर्थात नटराजको मुर्ति घरमा राख्नु अशुभ माानिन्छ। नटराज शिवको उग्र रुप भएका कारण यसले नकारात्मक उर्जा पैदा गर्छ। शिव ताण्डव नृत्य गरेपछि पृथ्वीमा विनाश हुने मानिन्छ।
८- डुब्दै गरेको जहाजको तस्विर वा मुर्ति घरमा राख्नु अशुभ मानिन्छ। यसले नकारात्मक उर्जा पैदा गरेर मानिको क्षमतामा प्रभाव पर्ने मानिन्छ।
तसर्थ घरमा यी ८ बस्तु कहिल्यै पनि नराख्नुस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
