पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त, को-को परे ?

काठमाडौँ । आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संवैधानिक परिषद्को सिफारिसमा ५ सदस्य नियुक्त गरेकी हुन्।

Advertisement

नियुक्त हुनेमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारी रहेका छन्।

आजै शीतलनिवासमा आयोजित विशेष समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ खुवाएका छन्।

More News last news
Loading...