डरलाग्दो सपना देख्नुहुन्छ ? यस्तो हुनसक्छ बास्तु दोष

सपना के हो ? यसबारे अनेक किसिमको मत छ। हाम्रो समाजमा सपनालाई कतिपय संकेतको रुपमा पनि बुझिने गरिएको छ। सपनालाई राम्रो र नराम्रो भनेर पनि छुट्याउने गरिन्छ।

सपनालाई कतिले अवचेतन मनको उपज ठान्छन्। कतिले दिनभर देखेको, भोगेकै कुराको पुनरावृत्ति ठान्छन्। सपनाले पछि हुनेे घटना-दुर्घटनाबारे समेत संकेत दिने ठानिन्छ। त्यसैले डरलाग्दो वा खराब सपना देखेपछि त्यसले हामीमा चिन्ता पैदा गर्छ।

Advertisement

कहिले कहि हामी भयानक सपना देख्छौं। भनिन्छ, यस्तो सपना देख्नुमा वास्तु दोष पनि एक हो। यसबाट छुटकारा पाउने केहि वास्तु टिप्स छ।

सिरानीमा चक्कु

यदि राति निद्रामा डरलाग्दो सपनाले सताउँछ भने सुत्नुभन्दा अगाडि आफ्नो सिरानीमुनि एउटा चक्कु राखौं । चक्कु नभए फलामको कुनै धारिलो हतियार राखौ । यसो गर्दा वास्तुको हिसाबले तपाईं आफ्नो समस्याबाट छुट्कारा पाउन सफल हुनुहुनेछ।

पहेँलो चामल
सुत्नुअघि आफ्नो सिरानीमुनि पहेँलो चामल राखौं । सेतो चामलमा बेसार दलेर पनि पहेँलो बनाउन सक्नुहुन्छ । यसो गर्दा तपाईं डरलाग्दो सपनाबाट मुक्ती पाइनेछ।

सुकुमेलको पोको

राति सुत्नुअघि एउटा कपडामा सुकुमेल बाँधेर त्यसलाई आफ्नो सिरानीमुनि राखौ । वास्तुका अनुसार यसो गर्दा राति मिठो निद्रा पर्नेछ र सपना पनि राम्रो देखिनेछ ।

तामाको भाँडोमा पानी

कहिलेकाहीँ डरलाग्दो सपना नदेखे तापनि तपाईं निद्रामा आत्तिदै उठिन्छ । यदि तपाईंलाई पनि यस्तो हुन्छ भने एउटा तामाको भाँडोमा पानी भरेर आफ्नो खाटको मुनि राखौं । बिहान उठेपछि त्यो पानीलाई गमलामा हाल्नुपर्छ।

जुत्ता चप्पल नराख्नुस

कतिपयले राति सुत्दा आफ्नो जुत्ता-चप्पल खाटमुनि नै राख्छन्। यदि तपाईंको पनि यस्तो बानी छ भने तुरुन्त सच्याउनुपर्छ। जुत्ता वा चप्पल ओछ्यानमुनि राख्दा पनि खराब सपनाहरु देखिन्छन् भन्ने वास्तुको मान्यता छ ।

ओछ्यान सफा गरेर सुतौं

यदि राम्ररी ओछ्यान सफा नगरिकन सुतिएको छ भने पनि खराब सपनाको शिकार बन्न सकिन्छ । त्यसैले सुत्नुभन्दा अगाडि ओछ्यान राम्ररी मिलाउनुपर्छ । साथै सुत्नुअघि गोडा धुने बानी गर्नुपर्छ ।

गाढा रंगको ओढ्ने

यदि तपाईं गाढा रंगको ओढ्ने ओढेर सुत्ने गरिएको छ भने त्यसलाई पनि बदल्नुपर्छ। राति डरलाग्दो सपना देख्नुको एउटा कारण यो पनि हुन सक्छ।

कपाल बाँधेर सुत्नु हुँदैन

महिलाहरुले राति कपाल बाँधेर सुत्नु हुँदैन। राति कपाल खुल्ला छोडेर सुत्नाले मिठो निद्रा लाग्ने र राम्रो सपना देखिने विश्वास छ।

More News last news
Loading...