काँग्रेस हेडक्वाटरमा नेविसंघको धर्ना, अहिलेसम्म बस्न सकेन पार्टी बैठक

काठमाडौँ । नेपाल विद्यार्थी संघले माउ पार्टी नेपाली कांग्रेसको हेडक्वाटर सानेपामा धर्ना दिएको छ।

नेविसंघको महाधिवेशन तदर्थ समिति गठन गर्दा नै ३२ वर्षे उमेरहद लागु गर्न माग गर्दै नेविसंघका कार्यकर्ताले सानेपामा धर्ना दिएका हुन्। हाल नेपाल विद्यार्थी संघ भंग भएको छ।

Advertisement

धर्नामा उत्रिएका विद्यार्थीको घेरामा सभापति देउवा परेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवा सानेपा आउँदा नेविसंघका कार्यकर्ताले ३२ वर्ष मुनिको केन्द्रिय समितिको माग गर्दै नाराबाजी गरेको नेविसंघका केन्द्रिय सदस्य सुशील भट्टले बताएका छन्।

आज बस्ने भनेको पार्टी केन्द्रिय समितको बैठकले नेविसंघको विषयमा टुँगो लगाउने भने पनि बैठक बस्ने सम्भावना कमै रहेको कांग्रेसका एक केन्द्रिय सदस्यले बताएका छन्।

उनले नयाँ पुस्तासँग कुरा गर्दै भने, नेविसंघ लगाएतका विषयमा निर्णय लिन भन्दै पार्टीको बैठक बस्ने भनिएपनि वरिष्ठ नेताहरुबीच कुरा नमिल्दा बैठक बस्न सकेको छैन, उनले भने।

More News last news
Loading...