काठमाण्डौ । इटालियन ठकेदार कम्पनी सिएमसीले हात झिकेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अब कसरी निर्माण सम्पन्न गर्ने भन्ने समस्या देखिएको छ।
करिब ५ प्रतिशत मात्रै काम बाँकी हुँदा सिएमसीले विभिन्न बहानामा हात झिकेपटि बाँकी काम सम्पन्न गर्न अर्को ठेकेदारको खोजी भइरहेको छ। बोलपत्र आह्वान गरेर काम सम्पन्न गर्ने जिम्मा दिने तयारीमा सरकार छ।
जति सक्दो चाँडो मेलम्ची खानेपानी आयोजना सम्पन्न गरेर ठूलै काम गर्यौँ भनेर देखाउन हातारिएको केपी ओली नेतृत्वको सरकारलाई ठेकेदार कम्पनी सिएमसीले नराम्ररी झड्का दियो। अहिले बाँकी रहेको ५ प्रतिशत काम सम्पन्न गर्ने कम्पनीको खोजीमा सरकार छ। यसअघि पटक पटक आयोजना निर्माण सम्पन्न गर्ने भनेर मिति तोकेकी खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई यही आयोजना अलपत्र पर्दा आफू समग्रमा असफलल हुने हो की भन्ने चिन्ता पनि छ।
तर परिस्थिती अनुसार क्षमता देखाउन नसक्दा अन्तिम समयमा आएर नयाँ बोलपत्र आह्वान गर्नुपर्ने भएको छ। मेलम्ची खानेपानीको निर्माण कामहरु अधिकांश सम्पन्न भइसकेको छ। अन्तिम फिनिसिङलागयतका पाँच प्रतिशत बाँकी रहेको छ। अबको एकदुईदिनभित्र नै बोलपत्र आह्वान गर्ने मेलम्ची खानेपानी विकास समितिले दावी गरेको छ।
मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार खानेपानी वितरण गर्न बनाइएको सुरुङको अन्तिम चरणको काम बाँकी छ।
बाँकी काम सम्पन्न गर्नका लागि केही दिनभित्रै बोलपत्र आह्वान गरेर जिम्मा दिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रराज पन्तले जानकारी दिएका छन्।
विगतमा पटक पटक तोकिएको मितिमा काम नसकिए पनि आयोजनाले अर्को मिति घोषणा गरेको छ। तर प्रवक्ता पन्तले आगामी दशैँभित्रमा घरघरमा पानी वितरण गर्ने दाबी गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
