काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवानिवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक आज पूनः बस्नेगरि सम्पन्न भएको छ।
केन्द्रिय कार्यसमिति बैठक बस्नुअघि देउवाले पार्टीभित्र सहमतिको प्रयास गरेका थिए। तर, हिजोको बैठकमा नेताहरुबीच कुरा नमिलेको केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए।
उनले भने, आजपनि हामीले सहमतिको लागि प्रयास गरेका हौं, तर सहमति भएन । बैठक भोलि पूनः बस्छ, सभापतिजीले सहमतिको लागि समय माग्नुभएको छ। उनकाअनुसार बैठकमा सहमतिबाटै अघि बढ्नुपर्ने साझा धारणा आए पनि सहमतिको अन्तिम बिन्दुमा शीर्ष नेताहरू पुग्न सकेनन्।
पदाधिकारी र पूर्वपदाधिकारीसहित सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा सोमबार बस्ने केन्द्रीय समितिभन्दा अघि समस्याको हल खोज्ने सहमति भएको केसीको भनाई छ। सभापति देउवा समूह र असन्तुष्ट समूहबीच अनुशासन समिति र निर्वाचन समिति गठन प्रक्रियामा विवाद छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
