विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पक्राउ

काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोलिटब्युरो सदस्य जीवन्त भनेर चिनिने मोहन कार्की छन्।

आतंकवाद र राजनीतिक गतिविधिमाथि सुक्ष्म निगरानी गर्ने प्रहरीको इकाइ विशेष ब्यूरोले उनलाई शुक्रबार साँझ पक्राउ गरेको प्रहरी स्रोतले बतायो।

Advertisement

गत २८ फागुनमा बसेका मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले समूहका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ।

More News last news
Loading...