राष्ट्रपतिका लागि विच्छ्याईएको रेड कार्पेटमा सर्पको सवारी !

काठमाडौं । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको लागि काठमाडौंको बाटो पूरै खाली गरिएको थियो।

सर्वसाधारणलाई दुख हुनेगरी सडक खाली गरेर सुरक्षा सतर्कता देखाईएको राष्ट्रपतिको लागि विच्छ्याईएको रातो कार्पेटमा नै सर्प हिँडेको तस्वीर बाहिर आएको छ।

Advertisement

सडकमा सुरक्षा सतर्कता भनेर अनेक नाटक गरिएपनि राष्ट्रपतिको रातो कार्पेटमा नै सर्पले यात्रा गर्दासम्म कसैले सर्पलाई धपाउन भ्याएका थिएनन्। उनी शुक्रबार अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी हुन्।

उनलाई विमानस्थलको भीभीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो। सोही कार्पेटमा सर्प हिँडेको हो। तर, सर्प कहाँबाट आयो भन्नेबारे केही पनि जानकारी नभएको विमानस्थलले जनाएको छ।

More News last news
Loading...