नेपाली काङ्ग्रेससहित विभिन्न पार्टीका तीन सय जना राजपामा प्रवेश

वीरगञ्ज । ठोरी गाउँपालिका–५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेससहित विभिन्न पार्टी परित्याग गरी करीब ३०० जना राजपामा प्रवेश गरेका छन्।

तत्कालीन ठोरी गाविसका अध्यक्ष जरी लामासहित नेकपा माओवादी तथा नेकपाका कार्यकर्ता राजपामा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई सो पार्टीका सहअध्यक्ष तथा पर्सा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले फूलमाला र अबिर लगाई स्वागत गरेका थिए।

Advertisement

राजपा जिल्ला संयोजक जगदीश पटेलको सभापतित्वमा भएको सो कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सांसद रमेश पटेल, क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष जटाशङ्कर गिरीलगायत उपस्थित थिए।

More News last news
Loading...