काठमाडौँ । राहदानी विभागले भोलि शुक्रबारदेखि कार्यालय समय परिवर्तन गर्ने भएको छ। शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ।
सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय गरिएको विभागले जनाएको छ।
पहिले पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म थियो । तर यो वर्षको सुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म बनाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
