काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । मधेश भ्रमणको क्रममा आज जनकपुर पुगेका शाहलाई सर्वसाधरण नागरिकले भव्य स्वागत गरेका छन्। उनलाई देखेपछि जनकपुरमा ‘राजा आउ देश बचाउ’को नारा समेत लगाइएको थियो।
पूर्वराजा शाह भोली बिहान सर्लाहीस्थित दुर्गा मन्दिरमा पूजापाठ गरि सप्तरीस्थित सखडा मन्दिरलगायतका मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ भने पर्सि पुनः जनकपुरमा भेटघाटका कार्यक्रमहरु राखिएको पूर्व गृहराज्यमन्त्री एवम राजावादी सानेलाल राय यादवले जानकारी दिए।
पूर्वराजा शाहको स्वागत अभिनन्दनका लागि सैकडौँ राजावादीहरुको उपस्थिथि देखिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
