काठमाडौँ । आफूले प्रयोग गरेको एक उखानका कारण विवादमा तानिएकी राष्ट्रियसभा सदस्य कोमल वलीले संसद बैठकबाटै माफी मागेकी छन्।
एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रयोग गरेको ‘मरेपछि ‘राजा’ उखानले आफूहरुलाई होच्याएको भन्दै दलित समुदायले विरोध जनाएका थिए।
बुधबारको राष्ट्रियसभा बैठकमा सांसद ओलीले आफूले प्रयोग गरेको उखानको शब्दले कसैमाथि चोट पुगेको भए क्षमा याचना गर्ने बताएकी हुन्। ‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ। मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु’ उनले भनेकी छन्।
देशका सबै जाति र समुदायप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै कसैको मर्यादामा आँच पुर्याउनका लागि उखान प्रयोग नगरिएको पनि सांसद वलीले प्रष्ट्याएकी छन्।
आफूले पूर्व योजनाअनुसार नभइ तत्कालिन अवस्थामा कुनै विचार नपुर्याई उखान प्रयोग गरेको सांसद वलीको भनाइ छ। ‘मेरो मष्तिश्कमा तत्कालिन समयमा यसले पुर्याउने हानी यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्याउन सक्छ भन्ने कल्पनासमेत थिएन। यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकतामात्र थियो’ उनले भनिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
