विप्लव समूहलाई लगाइएको प्रतिबन्ध फिर्ता लिन वैद्यको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ।

अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले भनेको छ, ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ।’

Advertisement

सरकारको निर्णयको कडा विरोध तथा भत्र्सना गर्दै क्रान्तिकारी माओवादीले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने बताएको छ। साथै धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोकी प्रतिबन्ध फिर्ता लिन सरकारसँग माग गरेको छ।

सरकारले मंगलबार साँझ मात्रै विप्लव समूहलाई अपराधिक ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

More News last news
Loading...