कस्तो हुन्छ रातमा जन्मने व्यक्तिको भाग्य ?

ज्योतिष शास्त्रका अनुसार जन्म समयको आधारमा कुनै पनि व्यक्तिको समय थाहा पाउन सकिन्छ।

तपाईंलाई थाहा छ, जन्मिएको समयका आधारमा व्यक्तिको चरित्र एवं स्वभावका बारेमा थाहा पाउन सकिन्छ। ज्योतिष शास्त्रका अनुसार दिनमा जन्मनेको स्वभाव रातमा जन्मनेहरूको भन्दा फरक हुन्छ। रातमा जन्मनेहरू कस्ता हुन्छन् हेरौँ,

Advertisement

-रातमा जन्मनेहरू साहसी हुन्छन् । यस्ता व्इक्ति जोखिमपूर्ण काम गर्न अघि सर्छन्।

-राती जन्मने व्यक्ति कुनै पनि कामको थालनी गरेपछि त्यसलाई अधूरो छोड्दैनन्।

-रातमा जन्मनेहरूको स्वभावमा आलस्य पनि हुन्छ । तर पनि काम पूरा गर्नुपर्दा एक हदको पागलपन नै देखाउन समेत पछि पर्दैनन्।

-रातमा जन्मनेहरू भावनाले भन्दा बुद्धिले काम लिने खालका हुन्छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्छन्।

-रातमा जन्मनेहरू कुनै पनि काममा हार मान्दैनन्। अरूप्रति सहजै विश्वास गर्दैनन्। यिनीहरूको हौसला सदैव उच्च रहन्छ।

-राती जन्मनेहरू कम बोल्ने स्वभावका हुन्छन् तर यिनीहरूको मन सदैव अशान्त रहन्छ।

-राती जन्मनेहरूको स्वभाव रिसाहा खालको हुन्छ अर्थात् यिनीहरू ससाना कुरामा पनि रिसाइ हाल्छन्।

-रातमा जन्मनेहरू स्वास्थ्यका विषयमा अलि चनाखो हुन जरुरी छ किनभने यिनीहरूलाई रोगभयले सताइरहन्छ।

More News last news
Loading...