काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
विप्लव नेतृत्वको नेकपाले राजनीतिक गतिविधिभन्दा पनि आपराधिक क्रियाकलाप अगाडि बढाएकाले त्यस समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री ज्ञवालीले विप्लव समूहले राजनीतिक गतिविधि नगरेको र आपराधिक समूहले गर्ने गतिविधि गरेकाले एक आपराधिक समूहकै रुपमा व्यवहार गरिने जानकारी दिनुभयो।
आपराधिक समूह घोषणा भएसँगै विप्लव समूहका नेता तथा कार्यकर्ता सबैलाई जुनसुकै बेला पनि प्रहरीले पक्राउ गरी कारबाही गर्न सक्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
