काठमाडौँ । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ।
लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा लैनचौरमा दुर्घटना भएको हो।
आइतबार बिहान ५ः५० मा विपरित दिशाबाट आउँदै गरेको बा ७९ प ४०३९ नम्बरको मोटरसाइकल र धमलाको बा १४ च ११९१ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सन्तोष बढुवाल, सुदिप बढुवाल र जितबहादुर धामी रहेका छन्।
घाइतेहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
