विप्लवलाई प्रधानमन्त्रीको कठोर शब्द, ‘नेकपाको बर्को फ्याँकेर लुटेरा समूह नाम राख’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव नेतृत्वको नेकपा प्रति अहिलेसम्मकै आक्रमक देखिनुभएको छ । आज राष्ट्रिय सभा गृहमा सिके राउत समुहसँग भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओली अहिलेसम्मकै कडा रुपमा प्रस्तुत हुनुभएको हो ।

उहाँले नेकपा नाम राखेर हत्या, हिंसा लूट मच्याएकाले आफुलाई नै लाज लागेको भन्दै तत्काल नेकपा नामको बर्को फ्यालेर लुटेरा समूह नाम राख भन्दै आक्रोश व्यक्त गर्नुभयो । लुट्नका निम्ति पनि नेकपा नाम छोड्नुपर्ने उहाँले बताउनुभयो।

Advertisement

उहाँले भने, ‘आफूले पनि नेकपा भन्नु परेको छ ।’ विप्लव जस्ता समुहलेपनि नेकपा भन्दै हिँडेका छन् भन्दै आक्रोशित बन्नभयो । भाषणकै क्रममा उहाँले राजनीतिक समुह भनेर हतियार सहित पक्रिएको छ। बम आतंक मच्चिएको छ । लूट मच्याईएको छ । यसैले यो कर्म अहिले नै नछोडे सरकारको काम शान्ति सुरक्षा कायम गर्नु हो यो क्रममा जेपनि हुनसक्छ । भन्दै कडोर चेतवानी दिएको थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सिके राउतको खुबै प्रशंसा गर्नुभयो । उहाँले सिकेको मात्र गर्नुभएन नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोपनि खुबै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो । सिके राउत जीसँग मैले एउटा क्षमता देखे जुन क्षमता पुष्पकमल दाहाल प्रचण्ड जीसँग मात्र छ।

More News last news
Loading...