काठमाडौँ । सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक आदि विषयमा सहमति भएको हो।
सिके रावतले सरकार र स्वतन्त्र मधेश गठबन्धनसँग भएको वार्तामा मधेशका माग जनमत सँग्रह मार्फत पुरा गर्ने सहमति भएको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन्, नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनसँग भएको वार्तामा नेपाल सरकारले मधेशको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत सँग्रह) मार्फत पुरा गर्ने प्रतिवद्धता जनाएको छ।
उनले यो सहमतिसँगै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्ता माथि लागेका सबै मुद्धाहरु फिर्ता हुने उल्लेख गरेका छन्। उनले सरकारसँग स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यलय विभिन्न जिल्लमा खोलेर खुल्ला रुपले राजनिति गर्न पाउने सहमति पनि भएको बताएका छन्।
यस्तो छ डा सिके रावतको फेसबुक स्टाटस
स्वतन्त्र मधेश गठवन्धन को सवै मुद्दा फिर्ता हुने
नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन सँग भएको वार्तामा नेपाल सरकार मधेशको माँग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि ९जनमत सँग्रह० को मार्फत पुरा गर्ने प्रतिवद्धता जनाएको छ।
यसका साथै स्वतन्त्र मधेश गठवन्धनका नेता कार्यकर्ता माथि लागेका सबै मुद्धाहरु फिर्ता हुने भएको छ। साथै स्वतन्त्र मधेश गठबन्धनले आफ्नो कार्यलय विभिन्न जिल्लमा खोलेर खुल्ला रुपले राजनिति गर्ने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
