डा. बाबुरामलाई झट्का, एकै पटक नयाँ शक्तिका २०८ नेकपामा प्रवेश

उर्लाबारी । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं १ का संयोजक देवराज भण्डरीसहित २०८ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

मोरङको पथरीशनिश्चरेमा नेकपाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताउनुभयो।

Advertisement

मन्त्री ढकालले नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको नेकपा नै भएको जिकिर गर्नुभयो। उहाँले सुकुम्वासीसहितका बसोबासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजातिसहितको बहुजातीय सांस्कृतिक सङ्ग्रहालयको प्रक्रिया अघि बढेको जानकारी गराउनुभएको थियो।

नवप्रवेशी भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफूहरु एकाकार भएको धारण राख्नुभयो । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्वजनमुक्ति सेनाका मोरङ संयोजक जीतबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य वासु बराल, प्रदेश सदस्य एवम् ३ नं क्षेत्रीय संयोजक पर्शुराम मिश्रसहित पार्टीमा प्रवेश गर्नुभएको थियो।

More News last news
Loading...