अदालतको फैसलासँगै छुटे टीकापुर घटनाका ११ आरोपी

धनगढी । टीकापुर घटनाको आरोपमा पक्राउ परेका ११ जना छुटेका छन्। कैलाली जिल्ला अदालतको आदेश अनुसार अदालतबाट बुधबार ११ जना छुटेका हुन्। जिल्ला अदालतले वुधवार रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैद र लक्ष्मण थारुसहित १२ जनालाई तीन वर्ष कैद ठहर गरेको थियो।

कैलाली कारागारका अनुसार तीन वर्ष कैद सजाय तोकिएका चुन्नीराम चौधरी भने थप आठ दिन कैलाली कारागारमा रहने छन्। चुन्नी ढिलो गरि पक्राउ परेकाले उनी ३० गते छुट्ने जनाइएको छ। कारागारबाट बाहिर आउँदा थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरीको अनुहारमा खुशीसँगै निराशा पनि थियो।

Advertisement

उनले भने, ‘सरकारले टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाउनुपथ्र्यो तर, भएन्।’ उनले राज्यले बेवास्ता गरेका कारण अदालतले कानुनी फैसला गरेको बताए।

‘फैसला सर्वमान्य र स्वागतयोग्य छ’ उनले भने, ‘कानुनमा व्यवस्था भएअनुरुप चित्त नबुझेका वादी प्रतिवादीहरुले चित्त नबुझेका कुराहरु पुनरावेदनमा जाने सोच बनाएका छौं ।’ थारु नेता रामप्रसाद चौधरी पनि कारागारको गेटमा आफना झोला र सरसामानसहित मन्ध मुस्कानमा उभिएका थिए । उनका आफन्त उनका सरसमान गाडीमा राखिरहेका थिए । सोही क्रममा उनले भने, ‘तीन वर्ष ७ महिनापछि यो मुद्दा सम्मानित अदालतबाट किनारा लागेको छ । यसमा म धन्यवाद दिन चाहन्छु ।’

उनले अदालतको फैसला सबैले मान्नुपर्ने बताए। ‘म छुटेर सन्तुष्ट र खुशी चाहि छैन्’ उनले भने ‘किनभने एउटै मुद्दामा केही साथी छुट्ने र केही कैद बस्नुपर्ने प्रति दुःखी छु।’ उनले यस्ता घटना देशमा धेरै घटेको र सबै ठाउँमा राजनीतिक मुद्धा बनाएर टुङ्गो लगाएको भएपनि यसमा त्यसो नहुनु दुःखद भएको बताए।

उनले केही व्यक्तिहरु कैदमा भएकाले निकास निकाल्न पुनरावेदन जाने प्रतिक्रिया दिए।

More News last news
Loading...