काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच दुरी बढिरहेको छ।
बुधबार प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको छुट्टै बैठकले यस्तो निर्णय गरेको नेता अर्जुननरसिंह केसीले पत्रकार ऋषि धमलालाई जानकारी दिए।
सभापति देउवाले महासमितिको भावनालाई कुल्चिएको र पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै पौडेल समूहले अब विशेष महाधिवेशन बोलाएर भएपनि अघि बढनुपर्ने निश्कर्ष निकालेको हो।
उनीहरुको भेलाले अब सभापति देउवाई विस्थापित गर्नको लागि पनि आन्तरिक गृहकार्य सुरु गरेका छन् । सभापति देउवाले केन्द्रिय कार्य समितिबाट बहुमतको आधारमा विधान पारित गरेकोमा पौडेल समूह रुष्ट छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
