टीकापुर घटनाः रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

काठमाडौं । कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ ।

न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधबार मुद्दाको फैसला गर्दै टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी भएको घटनामा चौधरी सहित ११ जनालाई दोषी ठहर गरेको हो ।

Advertisement

सोही मुद्दामा चौधरी अहिले पुर्पक्षका लागि जेलमा छन् । २०७४ को प्रतिनिधि सभा चुनावमा उनी कैलाली १ बाट सांसद निर्वाचित भएका थिए।

More News last news
Loading...